उद्देश्यहरु

मुख्य उद्देश्यः

नेपाल मुलुकभर बीउ बिजन गुणस्तर नियन्त्रण पद्धति कार्यान्वयन गरी सर्वसाधारण कृषक वर्गलाई गुणस्तरयुक्त बीउ उपलब्धतामा सुनिश्चिता गराउने ।

अन्य उद्देश्यहरुः

  • गुणस्तरयुक्त बीउ बिजन उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बीउ बिजन बिक्री वितरण गरी कृषकको आय आर्जनमा बृद्धि गर्न सहयोग गर्ने,
  • विदेशबाट आयातीत बीउ बिजनको प्रतिस्थापन तथा निर्यात प्रबर्द्धन गर्ने,
  • बीउ बिजन बजारमा गुणस्तरयुक्त बीउ विजन उपलब्ध गराउन सहयोग गर्ने र
  • बीउ बिजन सम्बन्धी राष्ट्रिय नीति, ऐन र नियमावली अनुसार निर्देशिका तथा कार्यविधि तयार पारी कार्यान्वयन गर्न अन्य बीउ बिजनसँग सरोकारवाला निकायहरुसँग समन्वय गर्ने तथा परामर्श दिने/लिने रहेको छ ।