व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र

शाखाहरु

राष्ट्रिय बीउ बिजन समितिको सचिवालय शाखा

  • विभिन्न समिति तथा उपसमितिहरुको बैठक संचालन गर्ने ।
  • समिति तथा उपसमितिहरुको निर्णय कार्यान्वयन तथा अनुगमन गर्ने ।
  • आयतित तथा निर्यातित वीउ विजन दर्ता र सूचीकृत जातहरुको अभिलेख राख्ने ।
  • सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।
  • वीउ वासलात तयार गर्ने ।

बीउ बिजन रजिष्ट्रेशन शाखा

  • नेपालभर वीउ बजार अनुगमन तथा निरिक्षण र बीउको गुणस्तर स्थिति अध्ययन गर्ने ।
  • Distinctness, Uniformity & Stability (DUS) र Value for Cultivation & Use (VCU) परिक्षण गर्ने ।
  • वीउ विजन व्यवसायी अनुमती पत्र वितरण तथा नविकरण कार्यको नियमन गर्ने ।
  • उन्मोचित वालीका जातहरुको तथ्याङ्क अभिलेख राख्ने तथा अद्यावधिक गर्ने ।
  • विभिन्न तालिम संचालन तथा अन्य निकायसँग समन्वय कायम गर्ने ।
  • सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।

वीउ प्रमाणिकरण शाखा

  • नेपालभर खेतवाली अनुगमन तथा निरिक्षण र बीउ प्रमाणीकरणको स्थिति अध्ययन गर्ने।
  • प्रमाणिकणको लागि आवश्यक वीउ विजनको नमूना संकलन गरी केन्द्रीय कृषि प्रयोगशाला तथा अन्य प्रयोगशालाहरुसग समन्वयनमा वीउ परिक्षण/बिश्लेषण गराई प्रतिवेदनको आधारमा प्रमाणिकरण प्रकृया अगाडी बढाउने।
  • वीउ प्रमाणीकरण गर्ने, ट्याग उपलब्ध गराउने ।
  • वीउ वाली खेत निरीक्षणको स्तर विकास तथा निर्धारण गर्नेर ।
  • बीउ प्रमाणीकरणसँग सम्बन्धित निर्देशिकाहरु तयार तथा अद्यावधिक गर्ने ।
  • विभिन्न तालिम संचालन तथा अन्य निकायसँग समन्वय कायम गर्ने ।
  • तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने।
  • सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।

योजना, अनुगमन तथा मूल्याङ्कन शाखा

  • शाखासंग सम्बन्धित निर्देशिकाहरु तयार तथा अद्यावधिक गर्ने ।
  • वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने ।
  • वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन तयार गर्ने ।
  • सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।

वीउ स्वास्थ परिक्षण शाखा

  • प्रमाणीकरण प्रक्रियाका लागि खडा बीउबालीमा रोगकिराको अवस्था निरीक्षण गरी प्रतिवेदन तयार गर्ने ।
  • बीउबिजनको नमूना लिई बीउको स्वास्थ्य परीक्षण गर्ने ।
  • शाखासंग सम्बन्धित निर्देशिकाहरु तयार तथा अद्यावधिक गर्ने ।
  • सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।

तपाईंको इमेल हेर्नुहोस्!