व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र

परिचय

नेपाल एक कृषि प्रधान देश हो र करिब ६५ प्रतिशत भन्दा बढी जनता कृषि पेशामा निर्भर रहेका छन् । यहाँको अर्थ व्यवस्थामा कृषि क्षेत्रले मुख्य योगदान पु¥याउने भएकोले कृषि क्षेत्रको समग्र विकास गरी कृषि उत्पादनमा वृद्धि ल्याउनु ठूलो चुनौतीको विषय हुन गएको छ । यसका लागि उत्पादन वृद्धिमा प्रयोग गरिने सामग्रीहरुमध्ये गुणस्तरयुक्त बीउ एक आधारभूत, संवेदनशील र सस्तो सामग्री हो, जसले कृषिको प्रति इकाई क्षेत्रमा हुने उत्पादकत्व तथा आर्थिक वृद्धिमा समेत प्रभाव पार्दछ । गुणस्तरयुक्त बीउ उत्पादनको लागि गुण नियन्त्रण कार्य अति नै महत्वपूर्ण हुन्छ ।

बीउ बिजनमा संलग्न भई बीउ बिजनको विकास, बीउ बिजन नीति तथा कार्यक्रम तर्जुमा गर्न र विभिन्न निकायहरुबाट कृषक वर्गलाई उपलब्ध गराइने बीउको गुणस्तर जाँच, बीउ प्रमाणीकरण, गुणस्तर निर्धारण तथा नियन्त्रण गर्ने कार्यहरु कृषि विभागको बाली विकास निर्देशनालय अन्तर्गत रहेको यस शाखाले प्रभावकारी रुपमा काम गर्न अप्ठ्यारो भएकोले नेपाल सरकारले उक्त शाखालाई सुदृढीकरण गर्न आवश्यक ठानी आ.व. २०५८/०५९ मा सोझै कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हरिहरभवन, ललितपुरमा रहने गरी बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना गरियो ।

कृषि उत्पादन वृद्धिको लागि उन्नत जातको गुणस्तरयुक्त बीउको प्रयोग अपरिहार्य छ । उन्नत जातका नयाँ बीउहरु उत्पादनको सिलसिलामा विभिन्न कारणहरुबाट समिश्रण भई बीउको गुणस्तर ह्रास हुँदै जाने हुँदा समयमै निराकरण गर्न सकिएन भने स्थानीय जात सरह भई कम उत्पादन दिने हुन्छ । तसर्थ उन्नत जातको गुणस्तरयुक्त बीउलाई ह्रास हुनबाट जोगाउन व्यवस्थित प्रणालीबाट बीउ उत्पादन कार्यक्रम सञ्चालन गरी बीउको गुणस्तर नियन्त्रण गर्न अति आवश्यक छ । कृषकलाई निरन्तर रुपमा नियमित समयमा उपयुक्त जातको उच्च कोटीको बीउ बिजन आवश्यक परिमाणमा उपलब्ध गराउन सरकारी, गैरसरकारी र निजी क्षेत्रका व्यवसायीहरु समेत कार्यरत छन् । यसरी बीउमा संलग्न भई बीउ बिजनको विकास गर्न, बीउ बिजन नीति तथा कार्यक्रम तर्जुमा गर्न र विभिन्न निकायहरुबाट कृष वर्गलाई उपलब्ध गराइने बीउको गुणस्तर जाँच गरी प्रमाणीकरण गर्न, बीउ बिजन गुणस्तर निर्धारण तथा नियमित गर्नुका साथै बीउ बिजनको जातीय रजिष्ट्रेशन गर्न आवश्यक छ । यसको लागि बीउ बिजन गुणस्तर निकायले बीउ बिजनसँग सम्बन्धित विभिन्न निकायसँग समन्वय राखी कार्य सञ्चालन गर्नुपर्दछ र हाल नेपालले विश्व व्यापार संगठनको सदस्यता लिइसकेकोले बीउ बिजन गुणस्तर नियन्त्रण कार्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन गर्नु पर्ने चुनौती थपिन गएको छ ।

तपाईंको इमेल हेर्नुहोस्!