Sections
राष्ट्रिय बीउ बिजन समितिको सचिवालय शाखा
- विभिन्न समिति तथा उपसमितिहरुको बैठक संचालन गर्ने ।
- समिति तथा उपसमितिहरुको निर्णय कार्यान्वयन तथा अनुगमन गर्ने ।
- आयतित तथा निर्यातित वीउ विजन दर्ता र सूचीकृत जातहरुको अभिलेख राख्ने ।
- सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।
- वीउ वासलात तयार गर्ने ।
बीउ बिजन रजिष्ट्रेशन शाखा
- नेपालभर वीउ बजार अनुगमन तथा निरिक्षण र बीउको गुणस्तर स्थिति अध्ययन गर्ने ।
- Distinctness, Uniformity & Stability (DUS) र Value for Cultivation & Use (VCU) परिक्षण गर्ने ।
- वीउ विजन व्यवसायी अनुमती पत्र वितरण तथा नविकरण कार्यको नियमन गर्ने ।
- उन्मोचित वालीका जातहरुको तथ्याङ्क अभिलेख राख्ने तथा अद्यावधिक गर्ने ।
- विभिन्न तालिम संचालन तथा अन्य निकायसँग समन्वय कायम गर्ने ।
- सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।
वीउ प्रमाणिकरण शाखा
- नेपालभर खेतवाली अनुगमन तथा निरिक्षण र बीउ प्रमाणीकरणको स्थिति अध्ययन गर्ने।
- प्रमाणिकणको लागि आवश्यक वीउ विजनको नमूना संकलन गरी केन्द्रीय कृषि प्रयोगशाला तथा अन्य प्रयोगशालाहरुसग समन्वयनमा वीउ परिक्षण/बिश्लेषण गराई प्रतिवेदनको आधारमा प्रमाणिकरण प्रकृया अगाडी बढाउने।
- वीउ प्रमाणीकरण गर्ने, ट्याग उपलब्ध गराउने ।
- वीउ वाली खेत निरीक्षणको स्तर विकास तथा निर्धारण गर्नेर ।
- बीउ प्रमाणीकरणसँग सम्बन्धित निर्देशिकाहरु तयार तथा अद्यावधिक गर्ने ।
- विभिन्न तालिम संचालन तथा अन्य निकायसँग समन्वय कायम गर्ने ।
- तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने।
- सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।
योजना, अनुगमन तथा मूल्याङ्कन शाखा
- शाखासंग सम्बन्धित निर्देशिकाहरु तयार तथा अद्यावधिक गर्ने ।
- वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने ।
- वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन तयार गर्ने ।
- सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।
वीउ स्वास्थ परिक्षण शाखा
- प्रमाणीकरण प्रक्रियाका लागि खडा बीउबालीमा रोगकिराको अवस्था निरीक्षण गरी प्रतिवेदन तयार गर्ने ।
- बीउबिजनको नमूना लिई बीउको स्वास्थ्य परीक्षण गर्ने ।
- शाखासंग सम्बन्धित निर्देशिकाहरु तयार तथा अद्यावधिक गर्ने ।
- सबै शाखाहरुसंग समन्वयमा तोकिएको कामकाज कार्यालय प्रमुखको निर्देशनमा गर्ने ।