व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र

राष्ट्रिय बीउ बिजन समिति

बीउ बिजन ऐन, २०४५ (पहिलो संशोधन २०६४) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारलाई बीउ बिजन नीति निर्माण तथा कार्यान्वयनमा राय/परामर्श दिन राष्ट्रिय बीउ बिजन समितिको स्थापना भएको छ । यस केन्द्रले स्थापना कालदेखि नै राष्ट्रिय बीउ विजन समितिको सचिवालयको कार्य गर्दै आएकोले यसै केन्द्रमा सो समितिको सचिवालय पनि रहेको छ।

१.

सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

अध्यक्ष

२.

महानिर्देशक, कृषि विभाग

सदस्य

३.

कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद्

सदस्य

४.

प्रबन्ध संचालक, कृषि सामग्री कम्पनी लिमिटेड

सदस्य

५.

महाप्रवन्धक, कृषि विकास बैंक

सदस्य

६.

नेपाल सरकार (मा. मन्त्रीस्तर) को निर्णयबाट मनोनीत तरकारी, खाद्यान्न, घाँसेबाली विज्ञानसँग सम्बन्धित वैज्ञानिकमध्ये महिला सहित तीन जना सदस्य

सदस्य

७.

नेपाल सरकार (मा. मन्त्रीस्तर) को मनोनीत बीज विशेषज्ञ (कम्तीमा सहप्रध्यापक), कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय एक जना सदस्य

सदस्य

८.

नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उद्यमीहरु मध्ययेबाट एकजना महिला सहित दुईजना सदस्य

सदस्य

९.

नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उत्पादक र कृषकमध्ये कम्तीमा एकजना महिला सहित दुईजना सदस्य

सदस्य

१०.

प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र

सदस्य-सचिव

तपाईंको इमेल हेर्नुहोस्!