National Seed Board
बीउ बिजन ऐन, २०४५ (पहिलो संशोधन २०६४) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारलाई बीउ बिजन नीति निर्माण तथा कार्यान्वयनमा राय/परामर्श दिन राष्ट्रिय बीउ बिजन समितिको स्थापना भएको छ । यस केन्द्रले स्थापना कालदेखि नै राष्ट्रिय बीउ विजन समितिको सचिवालयको कार्य गर्दै आएकोले यसै केन्द्रमा सो समितिको सचिवालय पनि रहेको छ।
१. |
सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय |
अध्यक्ष |
२. |
महानिर्देशक, कृषि विभाग |
सदस्य |
३. |
कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् |
सदस्य |
४. |
प्रबन्ध संचालक, कृषि सामग्री कम्पनी लिमिटेड |
सदस्य |
५. |
महाप्रवन्धक, कृषि विकास बैंक |
सदस्य |
६. |
नेपाल सरकार (मा. मन्त्रीस्तर) को निर्णयबाट मनोनीत तरकारी, खाद्यान्न, घाँसेबाली विज्ञानसँग सम्बन्धित वैज्ञानिकमध्ये महिला सहित तीन जना सदस्य |
सदस्य |
७. |
नेपाल सरकार (मा. मन्त्रीस्तर) को मनोनीत बीज विशेषज्ञ (कम्तीमा सहप्रध्यापक), कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय एक जना सदस्य |
सदस्य |
८. |
नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उद्यमीहरु मध्ययेबाट एकजना महिला सहित दुईजना सदस्य |
सदस्य |
९. |
नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उत्पादक र कृषकमध्ये कम्तीमा एकजना महिला सहित दुईजना सदस्य |
सदस्य |
१०. |
प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र |
सदस्य-सचिव |